७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युके निर्वाचनः गुरुङको उम्मेदवारी खारेज

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७६, मंगलवार १९:२८

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनको लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार सचिवका उम्मेदवार भाग्यनारायण रायले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

पाँच उम्मेदवारमध्ये अझै चार उम्मेदवार दुई सचिव पदका लागि प्रतिस्पर्धामा बाँकी छन् ।

मंगलवार बसेको निर्वाचन समितिको बैठकको निर्णय अनुसार युवा संयोजक हेमकुमार गुरुङको उमेर हद पार गरेको भेटिए पछि उम्मेदवारीे उम्मेदवारी खारेज भएको हो ।
गुरुङको उम्मेदवारी खारेजी पछि नवीन गुरुङ र तिर्थवहादुर मल्ल अनिल) ले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

दावी बिरोध परे पनि एनआरएनए यूके उपाध्यक्ष पदका प्रत्यासी सुनिल खड्का र आइसीसी सदस्य योग कुमार फगामीको उम्मेदवारी कायमै राखिएको निर्वाचन समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ युकेको निर्वाचन १४ सेप्टेम्वरमा हुदैंछ ।