१६ चैत्र २०८०, शुक्रबार
Follow Us

व्यवसायी रन्जिता मल्ल एनआरएन युकेको सचिवमा उम्मेदवार

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७६, मंगलवार २१:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव (महिला) पदमा रन्जिता मल्लले उम्मेदवारी दिएकी छन् ।
नेपालीहरुको बाक्लो उपस्थिती रहेको अल्डरशट क्षेत्रमा सकृय व्यवसायी मल्लले १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।

सन् २००८ देखी वेलायतमा बस्दै आएकी मल्ल आइटी इन्जिनियर हुन् । उनले नेपालमा महाभूकम्प गएको वेला गोर्खा, लम्जुङ, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ लगायतको जिल्लामा संघका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा राहत वितरण कार्यमा सकृय भुमिका निर्वाह गरेकी थिइन् ।

ग्रेटर रसमुर नेपाली कम्युनिटीकी उपाध्यक्ष समेत रहेकी मल्ल विभिन्न च्यारिटी कार्यमा समेत संलग्न छन् ।
नेपाली कोअपरेटीभ इन्भेस्टमेन्ट (एनसीआई) लिमिटेडको निर्देशक समेत रहेकी मल्लले नेपालमा रियल स्टेड, कृषि तथा शेयर बजारमा लगानी गरेकी छन् ।