१५ चैत्र २०८०, बिहीबार
Follow Us

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७६, बुधबार ०२:५७

काठमाडौं – नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो।

यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुनेछ। यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विभागले गरेको खाद्य गुणस्तर परीक्षण ‘प्रमाण पत्र’ लाई मान्यता दिन भारतीय पक्ष सहमत भएको बताए।नागरिक दैनिकमा खबर छापिएकाे छ ।