२६ बैशाख २०८१, बुधबार
Follow Us

किराना पसलमा रक्सी किन ?

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७६, बुधबार ०७:२४

तुलसीपुर । वजार व्यवस्थापनका लागि व्यापारीहरु नै जिम्मेवारी हुने कुरा तुलसीपुरमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन् । व्यापारका नाममा कतिपय व्यापारीहरुले जनताहरुलाई ठग्ने काम गरिएको समेत वोल्ने वक्ताहरुको भनाई थियो । व्यापारी र सरोकारवालका विचमा भएको छलफल कार्यक्रममा वोल्दै इलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा प्रमुख श्रीधर टण्डनले १३ रुपैयाको मिनरल वाटर ३० रुपैयामा समेत विक्री भएको दृष्टान्त पेश गरे ।

‘कसले कालो वजारी ग-यो भन्दा पनि हामीले कत्तिको आवाज उठायौ यो पनि महत्वपूर्ण कुरा हो ’ उनले भने । उनले वजारमा जतिसुकै अनियमितता भएपनि कसैले त्यसको विरोधमा आवाज नउठाएको वताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले व्यापारीहरु कालोवजारी गर्छन् भन्नुभन्दा पनि त्यस्ता व्यापारीहरुलाई पहिचान गरेर कारवाही गर्नुपर्ने वताए । ‘स्थानीय सरकार र प्रशासनले सबैलाई एउटै आँखाले हेर्न भएन’ उनले आपत्ति जनाए ।

कार्यक्रममा वोल्दै मदिरा व्यवसायी खुमवहादुर न्यौपानेले उपमहानगरपालिकाले मदिरामा जथभावि कर लगाउन खोजेको भन्दै आपत्ति जनाए । ‘अन्य ठाउँमा मदिरालाई लगाइएको कर भन्दा तुलसीपुरले लगाएको कर धेरै वढि छ ’ उनको आपत्ति थियो ।

व्यवसायी न्यौपानेले जथाभावि मदिरा विक्री नियन्त्रणमा स्थानीय सरकारले ध्यान दिनुपर्न कुरामा जोड दिए । उनले भने ‘ किराना पसलमा रक्सी किन वेचिन्छ ? खोइ यसको वारेमा खोजि गरेको ?’ उनले भने । जथाभावी रक्सीको विक्री वितरणले समाज धमिलो भएको उनको भनाई थियो ।

कार्यक्रममा तुलसीपुर उद्योग वािणज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले वजारमा दर्ता नभएका पसलहरु धेरै भएको भन्दै त्यस्ता पसलहरुको नियमन गर्न आवश्यक रहेको वताए । मुल्य सूचिको कुरालाई अनिवार्यरुपमा सबैले टाँस गर्नुपर्ने उनको भनाई थियो । तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले मुल्य वृद्धिगर्दा सम्वन्धित सबै निकासँग समन्वय गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले एक सातामै वजार अनुगमनलाई तिव्रता दिने वताइन् । उनले जथाभावि मदिरा विक्रीको नियन्त्रण रोक्नका लागि प्रशासनको समन्वयमा तत्काल काम अगाडि वढाउने वताइन् ।