१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक हुदैँ

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७६, बुधबार १०:४०

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आइपुगेका छन् ।

भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक बिहीबारसम्म चल्नेछ ।

आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।

बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा पनि छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।