८ बैशाख २०८१, शनिबार
Follow Us

निकिता पौडेलले प्रहरीमा जाहेरी दिईन

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७६, बुधबार २२:१३

काठमाडौं– नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार प्रहरीमा जाहेरी दिएकी हुन् । श्रेष्ठको सहयोगमा नेपाल आजले भिडियो लिक गरेको बताइँदै अँएको छ ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
यसैबीच मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गरेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिएका छन् ।

रवि अहिले प्रहरी हिरासतमै रहेका छन् । सो प्रकरणमा अरु २ जना पनि हिरासतमै छन् । उनीहरु बिहीबार पक्राउ परेका थिए ।