April 9, 2020

खोटाङ सेवा समाज बेलायतले सातवटा एम्बुलेन्स दिने

  6th November 2016 मा प्रकाशित

खोटाङ- खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीका लागि सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।

खोटाङ सेवा समाज युके एम्बुलेन्स समन्वय समितिका काठमाडौँ संयोजक जयकुमार राईले स्थानीय शान्ति समितिको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा सातवटा एम्बुलेन्स दिने तयारी भइसकेको जानकारी दिनुभयो । जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पु-याउने र उनीहरुको ज्यान बचाउका लागि एम्बुलेन्सको व्यवस्था मिलाउने तयारी गरिएको समाजले जनाएको छ ।

चिसापानी, डाँडागाउँ र बाक्सिलाका लागि गत वर्ष नै एम्बुलेन्स खरिद गरेको समाजले यसपल्ट थप सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि एम्बुलेन्स खरिद गर्न रकम सङ्कलन भइरहेको संयोजक राईले जानकारी दिनुभयो । निःस्वार्थ र सामाजिक सेवाभावले स्थापना गरिएको समाजले एम्बुलेन्स जुटाउनका लागि युकेमा रत्नकुमार राईको संयोजकत्वमा एम्बुलेन्स समन्वय समिति गठन गरिएको छ ।

प्रतिक्रिया