६ चैत्र २०८०, मंगलवार
Follow Us

तुरतुरेमा अबरुद्द मध्यपहाडी लोकमार्ग खुल्यो

sarusaru
५ भाद्र २०७६, बिहीबार ०२:३२

बागलुङ  – बाढीले क्षति पु¥याउँदा बागलुङको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग मङ्गलबार देखि खुलेकोे छ ।बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति लोकमार्ग ठप्प रहेको थियो ।तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । मध्य पहाडी लोकमार्ग आयोजना व्यवस्थापन कार्यालयले १५० मिटर नयाँ ट्रायक निर्माण गरी दुवै तर्फी सवारी संचालनमा ल्याएको हो ।
पहिलेको भन्दा दश मिटर माथिबाट अस्थायी मार्ग खोल्ने काम सम्पन्न भए पनि सवारी संचालन सुरु भएको लोकमार्गका इञ्जिनीयर किरण श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार साँझदेखि एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन मात्र एकतर्फी रुपमा चल्न दिइएको थियो ।
   ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको थियो । पश्चिमको व्यापारिक केन्द्र बुर्तिबाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका थिएनन् । लोक मार्ग खुले पछि बूर्तिवाङ्ग हुँदै छुटने लामो तथा छोटो दुरीका सवारी संचालन हुन थालेका छन ।अहिले अस्थायी मार्ग खोल्ने र पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन भने समय लाग्ने देखिन्छ । “नाम, निसानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर श्रेष्ठले भन्नुभयोे । गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो । सोही पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमि क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो ।

जनमञ्च