६ चैत्र २०८०, मंगलवार
Follow Us

आयोगको अध्यक्ष चयनका लागि गृहकार्य

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७६, बिहीबार ११:५८

सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष चयनका लागि गृहकार्यमा जुटेका प्रमुख राजनीतिक दलका नेताहरु सहमति नजिक पुगेका छन् ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच मङगलबार र बुधबार भएको छलफलमा आयोगको अध्यक्ष चयनका बारेमा सहमति नजिक पुगेका हुन् ।
स्रोतका अनुसार बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आयोगको अध्यक्षका बारेमा छलफल भएको हो । नेताहरुबीच पुर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ, अधिवक्ता गोविन्द बन्दी र नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीमध्ये कसलाई अध्यक्ष बनाउँदा उपयुक्त हुन्छ भन्नेबारेमा छलफल भएको थियो ।