६ चैत्र २०८०, मंगलवार
Follow Us

निर्देशक किशोर राना मगरको निधन

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७६, बिहीबार १२:०२

नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले जनाए ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।
कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।