६ चैत्र २०८०, मंगलवार
Follow Us

विना इजाजत संस्था खोली बालबालिका राखेको अभियोगमा पक्राउ ?

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७६, बिहीबार १२:०३

काठमाडौं । विना इजाजत नमुना प्रगतिशिल महिला समाज नामक संस्था खोली बालबालिका राखेको अभियोगमा सोही संस्थाका काठमाडौं महानगरपालिका(१४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका(४ वाफलस्थित उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा बालवालिका खोजतलास केन्द्र भृकुटीमण्डप, राष्ट्रिय बाल अधिकार परिषद पुल्चोक र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको टोलीले ९ जना बालबालिकाहरु उद्धार गरेको थियो । उद्धार गरिएका बालबालिकाहरुलाई बाल हेल्पलाईन कलंकी राखिएको छ ।