१५ चैत्र २०८०, बिहीबार
Follow Us

अक्टोवरमा हुने एनआरएन विश्व सम्मेलनको मिति परिवर्तन, १५ देखी १७ तारिख सम्म हुने

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७६, बिहीबार १७:१७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने विश्व सम्मेलन पछि धकेलिएको छ । यसअघि अक्टोवर १३ देखी १५ तारिख सम्म हुने तय भएको सो सम्मेलन १५ अक्टोवरबाट शुरु हुने गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले जनाए ।

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको ९ औं बिश्व सम्मेलन अक्टोबर १५ देखि अक्टोबर १७ सम्म काठमाडौँको हायात होटलमा आयोजना गरिने भएको छ ।

नेपाल सरकार समेत सहआयोजकको रहेको सो सम्मेलन सार्न नेपाल सरकारले अनुरोध गरेको बुझिएको छ ।

यसअघि तय भएको मितिमा भारतीय राष्ट्रपतिको भ्रमण हुने भएका कारणले सरकारले गैरआवासीय नेपाली संघलाई मिति सार्न आग्रह गरेको थियो ।