१६ चैत्र २०८०, शुक्रबार
Follow Us

देवघाटको मुलगेटदेखि नै पुष्प बाटिका निर्माण गरिने

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७३, आईतवार ०६:०९

चितवन । धार्मिक तथा पर्यटकि क्षेत्रको रुपमा देवघाट धामलाई विकास गर्न धार्मिक पुष्प बाटिका निर्माण गरिने भएको छ । देवघाटको महिमालाई अझै फराकिलो बनाउन यस पुश्प बाटिकाले विशेष महत्व राख्ने धार्मिक पुश्प बाटिका निर्माण समितिको विश्वास छ । शनिवार बसेको समितिको बैठकले पुश्प बाटिका निर्माण तथा सडक फराकिलो बनाउने कामलाई तिव्रता दिने जानकारी गराएको छ । आंपटारी देखी देवघाट क्ष्ँेत्रसम्म धार्मिक महत्व बोकेका बोट विरुवा तथा फुलहरु रोप्ने र हाल भइरहेको सडकलाई बिस्तार गरी २ लेनको सडक निर्माण गर्ने पुश्प बाटिका निर्माण समितिका अध्यक्ष्ँ तथा देवघाट क्ष्ँेत्र विकास समितिका अध्यक्ष्ँ टंकनाथ पौडेलले बताएका छन् । डिभिजन सडक कार्यालय भरतपुरका निमित्त प्रमुख गजेन्द्र बहादुर चन्दले आंपटारीदेखी देवघाट क्षेत्रसम्मको बाटो २ लेन बनाउन प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।
पौडेलका अनुसार एशियामा प्रसिद्ध तिर्थ स्थल, यस देवघाट धाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि वर्षेनी धेरै धार्मिक पर्यटकहरु आउने हुंदा यस क्ष्ँेत्रको विकास अत्यन्तै आवश्यक छ । देवघाटधाम पुजा अर्चना, काज क्रिया तथा घुमघामको लागि पनि धेरैको रोजाईमा पर्ने गरेको छ । यस्तै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्ष्ँेत्रको विकासले आर्थिक समृद्धिलाई पनि संगै लैजान मद्यत पुग्ने पौडेलले विश्वास लिएका छन् । यस क्ष्ँेत्रमा आउने भक्तजन तथा पर्यटकहरुलाई धार्मिक क्षेत्रमा प्रवेश गरेको आभास दिलाउन विभिन्न भग्वानको प्रतिमाहरुपनि निर्माण गरिने पौडेलको भनाई छ । शनिवार मात्रै देवघाट क्ष्ँेत्र विकास समितिका पुर्व सदस्य विष्णु प्रसाद सापकोटाले प्रवेशद्धारमा भगवान् शिव तथा विष्णुको प्रतिमा निर्माण गर्न १ लाख रुपैंया सहयोग गर्ने बताएका छन् ।
शनिवार ५० हजार रुपैयाको चेक देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेललाई हस्तान्तरण गर्दै आफ्नी स्वर्गिय आमा कृष्ण देवी सापकोटाको नाममा सो प्रतिमाहरुले आंफुले निर्माण गर्ने पौडेलले बताएका छन् ।पुष्पबाटीका निमाणका लागि भरतपुर १० का छबीलाल लामिछाने रु १२हजार, भरतपुर ११ का छबीलाल पौडेल ले पनि १२ हजार र भरतपुर ७का मनिष सापकोटाले पनि १२ हजार सहयोग गर्ने भएका छन् । सबैलाई आपनोपनको आभास होस् भन्ने हेतुले पनि जनसहयोगको आधारमा पुष्पबाटीका निमार्ण गर्न लागेको सो बाटीका निमार्ण उपसमिती संयोजक पुर्णबहादुर श्रेष्ठले बताए ।