७ बैशाख २०८१, शुक्रबार
Follow Us

देशमा ८० हजार नर्सको आवश्यकता, २० हजार डाक्टर अपुग

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार ०२:५७

स्वास्थ्य क्षेत्रमा तत्कालका लागि ३ हजार ५ सय विशेषज्ञ डाक्टरको आवश्यकता छ ।

तर, अहिले सरकारी सेवामा ७ सय जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत छन् । यस्तै, २० हजार डाक्टरको आवश्यक छ । तर, १ हजार २ सय डाक्टरले सेवा प्रवाह गरिरहेका। छन् । यस्तै, वर्तमान जनसंख्यालाई आधार मान्दा ८० हजार नर्सको आवश्यक रहे पनि १३ हजार नर्सले सेवा दिइरहेका छन् । जनसंख्या बढ्दै जाँदा पुरानै जनशक्तिले स्वास्थ्य क्षेत्र हाँकिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ३१ हजार ५९१ दरबन्दी कायम भएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनशक्ति पूर्तिका लागि नयाँ ओ एन्ड एम सर्भेक्षण गर्ने तयारी भइरहेको बताए । राजधानी दैनिकमा खबर छ ।