७ बैशाख २०८१, शुक्रबार
Follow Us

लामो दूरीका बसमा दुई चालक नराखे कारबाही

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार ०३:०१

काठमाडौं– सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक नराखे कारबाही थाल्ने भएको छ । सरकारले लामो दूरीमा चल्ने यातायातमा दुई चालक नराखी चलाएमा गाडी मालिक र कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
एक जनामात्र चालक हुँदा चालक थकान र निदाउनाले बस दुर्घटना बढेको भन्दै सरकारले नियम कार्यान्वयनमा कडाइ गर्न लागेको हो । राजधानी दैनिकमा खबर छापिएको छ ।