१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रचण्ड फेरि कार्यकारी भूमिकामा !

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार ०३:०४

काठमाडौंं।पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाउनुभएको छ। एकीकरणपूर्व अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो।

बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षतामा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताउनुभयो।

सांगठनिक एकीकरणको काम अन्तिम चरणमा पुर्याउनुभएका अध्यक्षद्वय ओली र प्रचण्डबीच सरकारको नेतृत्वमा पनि सहमति भएको बताइएको छ। प्रचण्डले आफूलाई अध्यक्षको जिम्मेवारी दिए प्रधानमन्त्री ओलीलाई आगामी चार वर्षका लागि प्रधानमन्त्रीमा निरन्तरता दिन सकिने बताउँदै आउनुभएको थियो। नेकपाले सांगठनिक एकीकरणको काम सम्पन्न गरेर एक साताभित्रै देशव्यापी अभियान सञ्चालन गर्ने योजना यसअघि नै तय गरिसकेको छ।नेपाल समाचारपत्रमा खबर छ ।