६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन उपाध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार १८:५०

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएन)का महासचिव डा बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनको नवौं विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
स्थापनाकालदेखि नै एनआरएन गतिविधिमा होमिएका केसी हालको अन्तर्राष्ट्रिय कार्यसमितिमा सबैभन्दा अनुभवी व्यक्तित्व चिनिन्छिन् ।

एनआरएनको स्थापनाअघि यसको कन्सेप्ट बनाउने देखिनै संस्थाका अभियन्ता डा उपेन्द्र महतो, जीवा लामिछानेसँगसँगै असभउानमा होमिएका केसी २००३ देखि २००७ सम्म् आईसीसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आईसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) प्रवेश गरे ।

२००९–२०११, २००११–२०१३ गरी दुई कार्यकाल आईसीसी सदस्य रहेका उनी २०१३–२०१५ मा भने कोषाध्यक्ष चयन भए । त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव रहेका उनले अहिले आएर उपाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

हाल उनी अन्तर्राष्ट्रिय समन्वय परिषदको नीति निर्माण समिति कार्यदलको संयोजक समेत रहेका छन् । यस्तै उज्यालो नेपाल, आर्थिक सुदृढता कार्यदल, राष्ट्रिय उत्पादन प्रवर्द्धन समिति लगायतमा रहेर काम गरेको अनुभव पनि उनीसँग रहेको छ ।

महासचिवको हैसियतमा संघको पंजीकृत सदस्यतालाई डिजिटलाइज गर्नमा महत्वपूर्ण भूमिका खेलेकै कारण मेम्बरसिप इन्फरमेशन सिस्टम २०१५ मा सुरु भएतापनि १९ मा पुग्दा सफल कार्यान्वयन भएको छ । यसैको परिणामस्वरुप २०१९ को पंजीकृत सदस्यता विश्वका सबैजसो एनसीसीले कार्यान्वयनमा ल्याएको दावी उनको छ ।

संघका पंजीकृत सदस्यका लागि बनाइएको ग्लोबल आईडी कार्ड र यसबाट बेनिफिट दिने कार्यमा पनि धेरै समय खर्चेको कुरा उनले बताए । यो कार्डले सदस्यमात्र होइन अब उनका परिवारका सदस्यले समेत बेनिफिट लिन सक्ने उनको भनाई छ ।

उनले शेष घले अध्यक्ष हुँदा निर्णय गरिएको भिजन २०२० लाई कार्यान्वयनमा लैजान थुप्रै नीति बनाउँदै गरेको बताउँदै उनले यो छिट्टै पूर्ण कार्यान्वयनमा जाने पनि बताए ।

अमृत साइन्स कलेजबाट १९९० मा आईएस्सी गरेका उनले १९९६ मा बायो टेक्नोलोजीमा रुसको मस्कोबाट इन्जिनियरिङ गरेका हुन् । त्यसपछि बायो टेक्नोलोजीमै मस्कोबाट २००१ मा पिएचडी समेत गरेका उनले २००९ मा मस्को स्टेट यूनिभर्सिटीबाट ईएमबीए पनि गरे ।

फाइनान्स, हाइड्रो, कृषि, इन्सुरेन्सका साथै आयात निर्यातमा लगानी गरेका उनी नेपालको चिया निर्यातकर्ताका रुपमा पनि चिनिन्छन् ।