१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अंगीकृतले पनि संवैधानिक अंगको प्रमुख बन्न पाउने

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७३, आईतवार ०६:१६

काठमाडौं । अंगीकृत नागरिकता लिएको १० वर्षपछि कुनै पनि व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री सहित देशका महत्वपूर्ण पदमा आसीन हुन पाउने प्रस्तावसहित सरकारले संविधान संशोधन गर्ने भएको छ । यही महिनाभित्रै संसदमा संबिधान संसोधन प्रस्ताव पेश गर्ने तयारी गरिरहेको सरकारले संशोधनको मस्यौदा अध्ययनका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतालाई पठाएको हो । सरकारले मधेस केन्द्रित दलको माग सम्वोधन अनुसारै अंगिकृत नागरिकता पाएकाले पनि राष्ट्रप्रमुख बन्न पाउने ब्यवस्था गर्न लागेको हो । छठ लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।
संबिधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने प्राबधान छ । संशोधन मस्यौदामा ५ नम्बर प्रदेशमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई यथावत राखी पाल्पा, गुल्मी र अर्घाखाँचीलाई ४ नम्बरमा तथा रुकुम, रोल्पा र प्युठानलाई ६ नम्बर प्रदेशमा राख्ने प्रस्ताव गरिएको छ । मोरङ, सुनसरी र झापा जिल्लाबारे संघीय सीमा आयोगमार्फत टुंगो लगाउने मस्यौदामा प्रस्ताव गरिएको छ ।