८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली मेल हेर्न मुख्यमन्त्री गुरुङ बेलायतमा

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार २०:३०

लन्डन । गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लण्डन आइपुगेका छन् । तमुधिं युकेको आयोजनामा आइतवार लण्डनमा आयोजना हुने नेपाली मेलामा भाग लिन गुरुङ वेलायत आएका हुन्
गुरुङ शुक्रवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदाँ उनको स्वागतमा नेपाली समुदायको बाक्लो उपस्थिती थियो । उनलाई नेपाली दुतावास लण्डनका प्रवक्ता शरदराज आरण, तमुधिं युकेका अध्यक्ष नन्दजगं गुरुङले स्वागत गरेका थिए ।

नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला आउंदो आइतबार केम्पटन पार्क रेस कोर्समा हुदैंछ । मेलामा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ ।

मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत, ६ वटा खाना स्टल र अन्य २५ व्यापारिक स्टल रहने मेला संयोजकले जनाएको छ ।

तमुधिं यूकेले सन् २००९ देखि वर्षेनी लन्डनमा मेला गर्दै आएको छ । नेपाली कला, संस्कृति, भेषभूषा जोगाउन र विभिन्न समुदायलाई एकै ठाउंमा ल्याउने उद्देश्यले मेला गरिएको गरिएको हो ।