१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुन्दरी अभियन्ता मतदाता आकर्षित गर्दै

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार २१:३४

लन्डन । हंसिलो चेहरा, शालिनता, अरुप्रति आदरभाव र डाउन टु अर्थु स्वभावकी एकजना सुन्दरी महिला अभियन्ताले अहिले बेलायतको नेपाली डायस्पोराको ध्यानाकृष्ट गरिरहेकी छन् । माहोल चुनावको छ र त्यसमा आकर्षण बनेकी हुन् रोजिना प्रधान राई ।

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

बेलायतकी सक्रिय अभियन्ता रोजिनाको चुनावमा उत्रनुअघिका केही प्रमुख एजेन्डा छन् । महिला सशक्तिकरण, बेलायतमा नेपाली घरभित्रका महिला हिंसाविरुद्ध बुलन्द आवाज, महिला हकहित र उनीहरुका रोजगारी तथा पारिवारिक समस्या निराकरणमा साथ, व्यापार व्यवसाय प्रवर्धन र नेपालमा लगानी बढाउन पहल, पर्यटन वर्ष २०२० प्रवर्धन, महिला लक्षित रचनात्मक क्रियाकलाप, भूतपूर्व गोर्खा समस्या समाधानका लागि पहल, मानवअधिकार सुनिश्चितता आदि एजेन्डामा उनको जोड छ । आफ्नो जित सुनिश्चित भए माथि उल्लेखित एजेन्डा कार्यान्वयन आफ्नो मुख्य प्राथमिकता हुने उनले बताइन् ।

रोजिनाले आफ्नो स्वार्थ केवल समाजसेवा रहेको बताउंदै अमुल्य मत दिएर विजय सुनिश्चित गराइदिन समस्त मतदातासमक्ष अपिल गरेकी छन् ।

उच्च शिक्षा हासिल गर्न डेढ दशक अघि बेलायत आएकी उनी बौद्धिक महिला पनि मानिन्छिन् । एङलिया रस्किन 
युनिभर्सिटीबाट बिजनेशमा मास्टर्स गरेकी रोजिनाले समाजसेवा अलवा व्यवसायलाई पनि निरन्तरता दिइरहेकी छन् ।

रोजिहिरा लिमिटेड कम्पनीकी प्रवन्ध निर्देशक रोजिनाको महिला हकहितका लागि कार्यरत विभिन्न संघसंस्थामा संलग्नता छ । उनी रोजिहिरा फाउण्डेशन यूके अध्यक्ष, ब्लाइन्ड रक्स यूके उपाध्यक्ष, नेपलिज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, हयुमन राइट्स यूकेको सदस्य, किरात 
राई यायोख्या बेलायत अन्तर्गत महिला विभागको महासचिव, एसियन महिला एसोसिएसन यूके (आमा) को निवर्तमान प्रवक्ता आदि जिम्मेवारीमा छन् । च्यारिटी र सामाजिक कार्यका लागि 
रोजिनाको सक्रियता बेलायतको नेपाली डायस्पोरामा निकै लोभलाग्दो छ ।

आफ्नो श्रीमान हिराधन राई, जेठाजु देउधन राई र रामधन राई, ससुरा मनिप्रसाद राईसमेत भूपू गोर्खा पृष्ठभूमिको भएकाले पनि यसबारे भावनात्मक सम्बन्ध रहेको र उनीहरुका मुद्दा आफ्नो 
प्राथमिकतामा पर्ने रोजिना बताउंछिन् । उनको ससुरा मनिप्रसाद राईले खोटांगस्थित बासपानी राष्ट्रिय माविका लागि ७ रोपनी जग्गा प्रदान गरेका थिए । यही योगदानस्वरुप स्थानीयवासीले उनको सालिक नै बनाएका छन् ।


उनी अध्यक्ष रहेको रोजिहिरा फाउण्डेशन यूकेले नेपालमा शिक्षा तथा आपतकालिन क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ । सोही फाउण्डेशनमार्फत रोजिनाले महाभूकम्पका बेला भूकम्प प्रभावित क्षेत्रमा आफ्नो श्रीमानसहित राहत वितरणमा सहभागी भएकी थिइन् । उनले त्यतिबेला बेलायतबाट आर्थिक सहयोग र औषधिसमेत संकलन गरेर पठाएकी थिइन् । केही समयअघिमात्र रोजिनाले खोटांग बासपानी राष्ट्रिय माविमा इ(लाइब्रेरी स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।

काठमाडौंमै जन्मे हुर्केपनि आफूले यो अवस्थासम्म आइपुग्न धेरै संघर्ष गरेको र महिलाको पीडा बुझेकाले एनआरएनए यूके नेतृत्वमा आएर महिलाको पक्षमा डटेर काम गर्न आत्मविश्वास बढेको उनले बताइन् ।

१४ सेप्टेम्बरमा निर्वाचन तय भएकाले 
बांकी समय मतदातासंग खर्चने योजना रोजिनाको छ ।