July 7, 2020
8:07 AM | 12:52 PM

ओली–माधवको झगडा मिलाउन लागिपरे प्रचण्ड, मनाउने प्रयास

  24th August 2019 मा प्रकाशित

काठमाडौं– प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलाउने प्रयास गरेका छन् ।
अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवासमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् । राजधानी दैनिकमा यो खबर छापिएको छ।
बिहीबार बसेको सचिवालय बैठकमा ओली र नेपालबीच चर्काचर्की भएको थियो । चर्काचर्कीसँगै चिसिएको सम्बन्धलाई फेरि हार्दिक बनाउन प्रचण्ड लागिपरेको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया