१३ बैशाख २०८१, बिहीबार
Follow Us

मृगौला पीडितलाई सहयोग

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७३, आईतवार १३:०५

काठमाडौं । नेवाः पुच दक्षिण कोरियाले एक जना मृगौला पीडितलाई उपचार्थ आर्थिक सहयोग गरेको छ । टोखा नगरपालिका ६ पुरोक्व निवासी वीरलक्ष्मी श्रेष्ठलाई टोखाका दक्षिण कोरियामा कार्यरत नेवाः पुचःका सदस्यले १ लाख ६० हजार रूपैयाँ हस्तान्तरण गरेका हुन् ।
दुबै मृगौला फेल भएर उपचार गराई रहेका श्रेष्ठको उपचार सहयोगार्थ कोरियामा क्रियाशिल नेवाः पुचको समुहले उनकै घरमा गएर उक्त रकम हस्तान्तरण गरेको राम कृष्ण श्रेष्ठले बताउनु भयो ।
दक्षिण कोरियाबाट फर्केका टोखाबासि, स्थानीय निकायका टोखा नगरपालिकाका प्रतिनिधि प्रकाश डंगोल, र वडा ५र६ का प्रतिनिधि कृष्ण बहादुर सुर्खेति र स्थानीयबासिहरूको उपस्थितमा नेवाः पुच कोरियाका सचिव राजकुमार डंगोलले उक्त रकम हस्तान्तरण गरिएको थियो ।