१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए कतारको अध्यक्षमा मुक्तादा

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७६, शनिबार ०६:२८


अध्यक्षमा ९४० मतले तेज कटुवाल पराजित

दिल कुमार श्रेष्ठ । दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा मुक्तादा मुसलमान बिजयी भएका छन् ।अध्यक्षका अर्का प्रत्यासी तेज कटुवाललाई ९४० मतले पराजित गर्दै मुसलमान बिजयी भएका हुन ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा उत्तम गुरुङ , द्वितिय उपाध्यक्षमा कुमार खड्का, तृतीय उपाध्यक्षमा सरिता भण्डारी (निर्विरोध) महासचिवमा पदम गिरि, सचिवमा नियम भुजेल र अफसर अलि तथा कोषाध्यक्षमा बिनोद बसौला (निर्विरोध)र सहकोषाध्यक्षमा तन्बिर विजयी भएका छन् । यस्तै आईसीसी सदस्यहरुमा केवि हमाल, रमेश भट्ट, होमनाथ शर्मा, र युवराज शर्मा चयन भएका छन् ।

युवा संयोजकमा रबिन मगर , महिला संयोजकमा अम्बिका खत्री (निर्विरोध) भएका छन्। दोहास्थित नेपाली राजदुतावासमा शुक्रबार सम्पन्न भएको थियो। अन्य सम्पूर्ण पदहरुमा पनि मुक्तादा समूह नै विजयी भएको छ । मुक्तादालाई प्रवसी नेपाली मंच , जनजाति महासंघले समर्थन गरेका थिए ।