१३ बैशाख २०८१, बिहीबार
Follow Us

महोत्तरीको औरहीमा पुरुषको शव

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७६, शनिबार ०६:३३

महोत्तरीको औरहीमा शुक्रवार बेलुका एक बेवारीसे पुरुषको शव भेटिएको छ । नाम थर, ठेगाना खुल्न नसकेको अन्दाजी ४५ बर्षको मागी खाने जस्तो देखिने शव स्थानिय जंघानदिको छेउमा फेला परेको हो । निलो रङ्गको हाफपैन्ट लगाएको र शरीरको माथिल्लो भागमा कपडा नलगाएको युवकको शवको
घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागी शुक्रवार महोत्तरी जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।