१३ बैशाख २०८१, बिहीबार
Follow Us

चेल्सीको पहिलो जित

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७६, शनिबार १९:४६

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो । प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा टमी अब्राहमले दुई र मिसन माउन्टले एक गोल गरे । घरेलु टोली नर्विचका टोड कान्टवेल र टेमु पुक्कीले एक एक गोल गरेका थिए । चेल्सीले तेस्रो मिनेटमा अब्राहमको गोलबाट अग्रता लिएको थियो । तीन मिनेट लगत्यै घरेलु टोलीको तर्फबाट कान्टवेलले बराबरी गोल फर्काए ।

१७ औ मिनेटमा माउन्टले पुनः चेल्सीलाई अग्रता दिलाए । ३१ औ मिनेटमा पुक्कीको गोलसंगै नर्विचलाई खेलमा फर्काएका थिए । त्यसपछि ६८ औ मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित पक्का बनाए । जितसंँगै चेल्सी तीन खेलबाट चार अंक बनाएको छ । नर्विचको समान खेलबाट तीन अंक छ ।