१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अध्यक्ष भवन भट्ट माथि काठमाण्डौं विमानस्थलमा दुरव्यवहार (भिडियो)

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७६, शनिबार २१:१२

लण्डन । सिंगापुर यात्रामा जान लागेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट माथि काठमाण्डौं विमानस्थलमा दुरव्यवहार भएको छ ।
प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थित बारे जानकारी लिन शनिवार सिल्क एयरवेज मार्फत सिंगापुर जान लागेका भट्टलाई एयरवेजका कर्मचारीले दुरव्यवहार गरेको उनीसंगै यात्रामा रहेका सनत न्यौपानेले जानकारी दिए ।

न्यौपानेले एनआरएन अध्यक्ष भवन भट्ट विमानस्थलबाट फिर्ता पठाइए भन्ने समाचार भ्रामक भएको वताए ।

न्यौपानेका अनुसार आवश्यक सम्पुर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भट्टलाई क्याप्टेनले अचानक आएर भट्टलाई लिएर विमान उडान गर्न नसक्ने वताएका थिए ।
भट्ट माथि एयरवेजद्धारा कर्मचारीले गरेको व्यवहार प्रति त्यहाँ उपस्थित प्रहरी समेत चकित परेका थिए । भट्टले प्रधानमन्त्रीसंगको भेटघाटतय भएको कारणले मादक पदार्थ सेवन नगरेको न्यौपानेले दावी गरे ।

के थियो घट्ना जस्ताको तस्तै