६ बैशाख २०८१, बिहीबार
Follow Us

युरोप संयोजक शिव बरुवालले एनआरएन सचिवमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७६, शनिबार २२:३२

लण्डन । गैरआवासीय नेपाली संघको सचिव पदमा युरोप संयोजक शिव बरुवालले उम्मेदवारी दिने भएका छन् ।

बरुवालले आगामी अक्टोवर १५ देखी १७ सम्म काठमाण्डौंमा हुने ९ औं विश्व सम्मेलनमा सचिवमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघको युरोप संयोजको हैसियतले २ वर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरेका बरुवाले अभियानलाई अझ समृद्ध र सुदृढ बनाउदैं अपनत्वो हुने गरि नीति तथा कार्ययोजना अगाडि ल्याउन आफुले उम्मेदवारी दिने निचोडमा पुगेको वताए ।
संघलाई नेपाल सरकारसंग अझ बलियो साझेदार बनाउनका लागि आफुले भुमिका निर्वाह गर्ने बरुवालले वताए ।
गैरआवासीय नेपाली संघको अभियानमा शुरु देखिनै सकृय बरुवाल एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै सँस्थामा निरन्तर लागेका छन् ।

२००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य, २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन् २०१७ – २०१९ मा युरोप संयोजकको जिम्मेवारी सफलता पुर्वक समालेको अनुभव उनीसंग छ ।

उनले युरोप संयोजकको जिम्मेवारी समाले लगत्तै माल्टा र स्लोभाकियाका संघको शाखा विस्तार गरेका थिए । उनको व्यवस्थापनमा २०१८ मा लक्जम्बर्ग र २०१९ मा इटालीमा भएका क्षेत्रीय बैठकहरु सफल र विवाद रहित भएका थिए ।

१९ वर्ष देखी बेल्जियमा बसोबास गर्दै आएका बरुवाल त्यहाँस्थित नेपाली संघसँस्थामा निकै लोकप्रिय मानिन्छन् । उनले दर्जन भन्दा बढी संघसँस्थामा बसेर काम गरेका छन् ।

उनी आफ्नो व्यापारका अतिरिक्त परोपकारी काममा समेत सकृय छन् । उनले बिभिन्न समाजिक संघसँस्था मार्फत नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम समेत गरेका छन् ।
उनले बेल्जियममा डिपार्टमेन्टस्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होल्शेल स्टोर संचालन गर्दै आएका छन् ।