१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कश्मिर विवादमा नेपालको समर्थन खोज्दै भारत र पाकिस्तान

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७६, आईतवार ०१:४९

काठमाडौं–जम्मु कश्मीरको घटनाक्रमको विषयमा भारत र पाकिस्तानले नेपालको स्पष्ट धारणा माग गरेका छन् ।
५ अगस्टमा भारतले जम्मु कश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता खोस्ने निर्णय गरेपछि दुई देशबीच तनावको अवस्था रहँदै आएको छ ।
भारत र पाकिस्तानले सार्क राष्ट्रको अध्यक्षको हैसियतले जम्मु कश्मीरको विषयमा आफू अनुकूल बोल्न दबाब दिइरहेका छन् । तर नेपालले भने सो विषयमा नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ ।
केही दिनअघि मात्रै नेपाल भारत संयुक्त बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरदे भारतको समर्थन गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गरेका थिए ।
यस्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसी र ज्ञवालीबीच पनि यही विषयमा टेलिफोन वार्ता भएको थियो । राजधानी दैनिकमा खबर छापिएको छ।