११ बैशाख २०८१, मंगलवार
Follow Us

सिंगापुरमा यसरी हुँदैछ केपी ओलीको उपचार

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७६, आईतवार ०२:०२

काठमाडौं–उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित उपचार प्रक्रिया थालिएको प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माले जानकारी दिएका छन् । उनका अनुसार एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया थालिएको छ।
प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा शर्माले बताए ।
मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला विस्तारै कमजोर हुँदै गएको बताए । काफ्लेले उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्ने निक्र्योल हुने बताए । राजधानी दैनिकमा खबर छ।