८ बैशाख २०८१, शनिबार
Follow Us

कंग्रेस नेता राहुल गान्धी श्रीनगरमा

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७६, आईतवार ०६:०६

भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धी र भारतका आठ विपक्षी दलका ११ नेतासँग शनिबार श्रीनगर पुगेका थिए । तर प्रशासनले तिनलाई विमानस्थलबाट बाहिर निस्कन अनुमती दिएन । केही समयको विवादपछि उनीहरुलाई विमानस्थलबाटै दिल्ली फकाईएको छ ।
जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक विपक्षी नेताको प्रतिनिधिमण्डल राज्यको यात्रामा गरेका थिए । दिल्ली फर्किएपछि राहुलले कश्मीरको अवस्था सामान्य नरहेको प्रतिक्रिया दिएका छन् ।