७ बैशाख २०८१, शुक्रबार
Follow Us

माग सम्बोधन नभए आन्दोलनमा उत्रिने : अध्यक्ष यादव

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७३, आईतवार १४:१२

इनरुवा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन नभए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ । सुनसरीको लौकही गाविसमा समाजवादी विद्यार्थी फोरम नेपाल, सुनसरीले आज आयोजना गरेको म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।

सरकारले देखावटी प्रक्रियास्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढाउने सङ्केत गरेकोतर्फ इङ्गित गर्नुहुँदै अध्यक्ष यादवले आफूहरुले उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष यादवले सरकारले अघि बढाउन लागेको संविधान संशोधनको प्रक्रियाप्रति विश्वास गर्ने वातावरण बन्न नसकेको समेत बताउनुभयो । नेता यादवले दाहाल नेतृत्वको सरकारले छठलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि मधेसका मुद्दा सम्बोधन हुनेमा आफूहरु विश्वस्त नरहेको बताउनुभयो ।

म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रम समाजवादी विद्यार्थी फोरम नेपाल सुनसरीका अध्यक्ष मिथिलेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।