१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युके निर्वाचनः गुरुङ र सुनारको प्यानलमा को कता ?

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७६, आईतवार २१:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सेप्टेम्वर १४ तारिख हुने निर्वाचनको लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परे पछि दुवै पक्ष आआफ्नो रणनिती तय गर्न व्यस्त छन् । अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका शेर बहादुर सुनार र पुनम गुरुङले आआफ्नो प्यानल तयार पारेका छन् ।

अहिले उम्मेदवारहरु मतदाताको मन जित्न आफ्नो चुनावी रणनीति तय गर्न तल्लिन छ ।

सुनार निकट उम्मेदवारहरुको भेला गत आइतवार अल्डरशटमा सम्पन्न भएको थियो । यस्तै गुरुङ प्यानलले समेट सोही दिन छुट्टै सामुहिक फोटो सेसन् गरेर आफ्ना उम्मेदवारहरुको परिचय दिन खोजेको थियो । गुरुङ समुहले महासचिवमा फडिन्द्र भट्टराईको नाम यसअघिनै घोषणा गरेको हो ।

यस्तै मिडल्याण्ड क्षेत्रबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरु, आइसीसी सदस्य दयानिधी सापकोटा, उपाध्यक्ष पशुपति पोखरेल, २ सचिवमा कृष्ण ढकाल (कोलेश्वर) र जित रानाभाट, कोषाध्यक्षमा तिलकराम भट्टराई, सहकोषाध्यक्ष बिष्णु चालिसे, गुरुङ प्यानलबाट उम्मेदवार बनेका हुन् ।

यस्तै अर्को उपाध्यक्ष सुनिल खड्का पनि गुरुङ प्यानलमै रहेका छन् । यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र महिला सचिवमा रन्जिता मल्ल पनि गुरुङ प्यानलमा छन् ।

यस्तै अध्यक्षका प्रत्यासी सुनारको पक्षबाट उपाध्यक्षमा प्रेम गाहा मगर र कमल पौडेल उम्मेदवार भएका छन् । महिला उपाध्यक्षमा बिमला लिम्बु र महासचिवमा कर्मा पहाडी, सुनार समुहबाट उम्मेदवार भएका हुन् ।

यस्तै २ सचिबमा भोला बिक्रम राई, बिष्णु खरेल र महिला सचिवमा लिला सेलिङ सुनारको प्यानलमा छन् । सोही प्यानलको कोषाध्यक्षमा तेजेन्द्र रोका र सहकोषाध्यक्षमा शकुन्तला गुरुङ, युवा संयोजक तिर्थ बहादुर मल्ल (अनिल) र महिला संयोजक क्षमता ढकाल रहेकी छन् ।

कार्यसमितिमा १२ सदस्य मध्य २० जनाको उम्मेदवारी परेको छ । यस्तै गुरुङ समुहका सदस्यहरुमा सरस्वती खत्री क्षेत्री, नृपेश उप्रेती, कृष्णप्रसाद खरेल, प्रभु न्यौपाने, समिर खनाल, भिमलाल भट्टराई, हेम लिम्बु, गोमा पौडेल, डा. सुनिलकुमार साह, लालबहादुर गुरुङ, र याम आचार्य छन् ।

सुनार समुहबाट, सदस्यमा जितेन्द्रकुमार चेम्जोङ, भरतमणि चोङबाङ लिम्बु, ज्ञानेन्द्रबहादुर आलेमगर, तारामैया गुरुङ, शिवबहादुर राना, तीर्थबहादुर थापा, चन्द्रकला लिम्बु, कोपिला वनेम लिम्बु, र अमृता गिरी छन् ।

यस्तै ७ आइसीसी सदस्यमा सुनार प्यानलबाट सुशीला राई, ललित न्यौपाने, कृष्ण तिवारी, मनिष खड्का, होम नाथ पौडेल सालिक सापकोटा, अर्जुन कटुवाल उम्मेदवार भएका छन् ।

यस्तै गुरुङ समुहबाट दयानिधी सापकोटा, योगकुमार फगामी, रमेश शर्मा बास्तोला, सुरोज मास्के, अर्कराज तिम्सिना, राजन खकुरेल र लिलादेवी गुरुङ छन् ।

यस्तै पहिलो पटक हुन लागेको राज्य समितिको निर्वाचन समेत दुई प्यानलमा विभाजित देखिएको छ । इंग्ल्याण्ड, स्कटल्याण्डमा दुई समुह बीच प्रतिस्पर्धा हुदैं छ भने वेल्स र नर्दन आयरल्याण्डमा निर्विरोध भएको छ ।
[democracy id=”12″]

गुरुङ प्यानल

सुनार प्यानल