१२ बैशाख २०८१, बुधबार
Follow Us

अनेसास जापानको ३८ औं साहित्य श्रृङ्खला सम्पन्न

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७३, आईतवार १४:३४

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ३८ औं साहित्य श्रृङ्खला आइतबार सम्पन्न भयो । श्रृङ्खलाअन्तर्गत कविता वाचन प्रतियोगिता, चौथो विश्व सम्मेलनमा सहयोग पु¥याउने व्यक्तित्वलाई सम्मान तथा आजीवन सदस्यलाई ब्याच वितरण गरियो । कविता प्रतियोगितामा ३७ कवि सहभागी थिए । ३७ कविबाट तीनजनालाई उत्कृष्ट कवि घोषणा गरी अनेसास जापान सिटी मनी साहित्य पुरस्कार प्रदान गरिएको समाजकी सहसचिव भगवती उप्रेतीले जानकारी दिइन् । रविन शर्मा, दीप पाठकको कविता उत्कृष्ट भएको थियो । पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ ।
टोकियोको सिनेकोभोस्थित सोलमारी सभा हलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले गरेका थिए । कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पदाधिकारी, विदेशस्थित नेकपा एमालेको भ्रातृ संस्थाका प्रतिनिधि तथा जनजातिका विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।