१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अब अनलाइन सपिङलाई कानुनी दायरामा ल्याइने

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार ०२:३१

सरकारले अनलाइन सपिङलाई कानुनी दायरामा ल्याउने भएको छ । सामाजिक सञ्जाल र वेबसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि उनीहरुलाई कानुनी दायरामा ल्याउन लागिएको हो । अन्न्पूर्ण पोस्टमा खबर छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६ मार्फत विद्युत् र वेवसाइडमार्फत हुने व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन लागेको हो। मन्त्रिपरिषद् बैठकले गत असार ८ गते यो रणनीति स्वीकृत गरेको थियो।