१३ बैशाख २०८१, बिहीबार
Follow Us

यसकारण महँगियो खसीबोकाको मूल्य

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार ०३:०३

काठमाडौं–सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ। यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ ।
पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।
आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ बढेको छ । प्रतिकिलो ५ सय रुपैयाँ रहेको जिउँदो खसीको मूल्य बढेर ७ सय रुपैयाँसम्म पुगेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।