७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार ०६:२६

काठमाडौं–सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको हो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो ।
यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ ।
विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।

यस्तै चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।
लगानीका लागि अन्तर्राष्ट्रिय बजार अस्थिर तथा शेयरबजार असन्तुलन भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् ।