१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार ११:१४

रसिया : गैर आवासीय नेपाली संघ (एनआरएनए ) रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल निर्विरोध निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने डा. एक नारायण चापागाई निर्विरोध निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा सुमन रिजाल, गोविन्द्र प्रसाद आचार्य र केशव तिमिल्सिना, महासचिवमा ईन्द्र प्रसाद भुसाल, सचिवमा संदेश सिंखडा, कोषाध्यक्षमा किरण रानाभाट, युवा संयोजकमा सिताराम कट्टेल (मिलन ), महिला संयोजकमा विद्या थापा, सदस्यहरुमा हिमलाल खनाल, पशुपति घिमिरे, दुर्गा बहादुर भट्टराई, यम बहादुर थापा र राम बाबु पाण्डे निर्विराध निर्वाचीत हुनुभएको छ ।