४ बैशाख २०८१, मंगलवार
Follow Us

ओली अनुपस्थित नेकपाको बैठकमा के के निर्णय भए ?

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार ११:३०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सपन्न बैठकले स्वास्थ्योपचारको सिलसिलामा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको प्रस्ताव पारित गरेको छ ।

बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरु बारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनु परेमा पार्टी भित्रै छलफलको बिषय बनाउनु पर्ने निर्णय गरेको छ । त्यस्ता व्यक्तिगत बिषयहरु सार्वजनिक रुपमा राखेमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिने निर्णय पनि गरेको छ ।

त्यसैगरी पार्टी एकीकरण प्रक्रिया सामेल हुनुभएका ४ जनालाई बैठकले केन्द्रीय समितिमा मनोनित गरेको छ । यसरी मनोनित हुनुहुने कमरेडहरुमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई रहनुभएको छ । त्यसैगरी बैठकले निम्न नेताको जिम्मेवारी केही हेरफेर सहित तोकेको छ ।

जिल्ला सहइन्चार्जहरुः

तिलकुमार मेन्याङबो : ताप्लेजुङ

भगवती चौधरी : सुनसरी

प्रमोदनारायण यादव : सिरहा

हरिनारायण चौधरी : सिरहा

चुडामणि जंगली : कास्की

दीपक देवकोटा : कैलाली

रामचन्द्र साह : पर्सा इन्चार्ज

बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव

अन्य जिम्मेवारी

भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख

डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख

बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख

बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख

रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख

सहकारी विभाग उपप्रमुख : कमल चौलागाई

प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक

रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज

अमृता थापामगर : महिला संघ सहइन्चार्ज

सीता पौडेल : महिला संघ सहइन्चार्ज

सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज

वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज

शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज

तिलक परियार : दलित मोर्चा सहइन्चार्ज

बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज

महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज

केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज

खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज

जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज

अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज

हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज
.