१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सिधाकुरा जनतासंग कार्यक्रम बन्द, रविलाई बिदेस जान रोक

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार १४:०३

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेश अनुसार मुद्दाको किनारा नलागेसम्म सिधाकुरा जनतासंग कार्यक्रम र यस मुद्दा सम्बन्धी कुनैपनि कार्यक्रम चलाउन रोक लगाएको छ । यस्तै रवि र यूवराजले अदालतको अनुमति लिएर मात्र विदेस जानु पर्ने अदालतले आदेश दिएको छ ।