८ बैशाख २०८१, शनिबार
Follow Us

के छ अदालतको आदेशमा ? शालिकरामको भिडियोमा शंका (पूर्णपाठसहित)

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार १७:११

काठमाडौं– चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ ।
आदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भएपनि शालिकरामको भिडियोलाई शंकाको दृष्टिले हेरेको हो ।
अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै शालिकरामले दुई जोड्नुले उनी एक्लैले भिडियो खिचेको मान्न नसकिने उल्लेख गरिएको छ । अदालतले पुडासैनिकले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिएको ठहर गरेको छ ।
यद्यपि प्रविधिको यो जमानामा अरु कुनै प्रविधिको प्रयोग गरेर एक्कलैले भिडियो खिचेको हुनसक्नेतर्फ भने अदालत मौन छ ।
आदेशमा रवि लामिछाने, युवराज कँडेल र पुडासैनीका साथै पे्रमिका भनिएकी अस्मिता कार्कीबीच मोबाइलमा कुराकानी भइरहनु कुनै अस्वभावित नभएको तर कल रेकर्ड उपलब्ध नभएकाले के के कुराकानी भयो भन्नेमा आधारहरु नपाइएको उल्लेख गरिएको छ ।
पुडासैनीको आत्महत्या भनिएपनि मृतकको लाशमा घाउचोट समेत देखिनुले के कसरी घाउचोट भएको हो भन्नेबारे अनुसन्धानबाट केही खुल्न नसकेको औंल्याइएको छ ।
भिडियोमा शालिकरामले लगाएको अभिकांश आरोपहरुबारे आधार पुग्न नसकेको पनि आदेशमा भनिएको छ ।
यद्यपि अश्मिता कार्की साधारण तारेखमा रिहा भएपनि लामिछाने र कँडेल विदेश जान परेको अवस्थामा अदालतको अनुमति चाहिने भएको छ भने मुद्दालाई प्रभावित हुनेगरी कुनै पनि माध्यमबाट बोल्न र प्रशारण गर्न नपाइने उल्लेख गरिएको छ।