२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन पोर्तुगलको अध्यक्षमा तिलक गैरे निर्वाचित

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार २१:५२

लिस्बन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलको अध्यक्षमा तिलक गैरे निर्वाचित भएका छन् ।

संघको आइतवार सम्पन्न सम्पन्न निर्वाचनमा ८ सय ५१ मत प्राप्त गरि बिजयी भए । उनका प्रतिद्धन्द्धी ईश्वर रिजालले ५ सय ५१ मत प्राप्त गरे ।

दुई प्यानलमा भएको निर्वाचनमा महासचिवमा रिजाल समुहका हेमराज सुवेदी निर्वाचित भए ।

महासचिवमा प्रकाश कडरिया १४० भोटले पराजित भएका छन् । अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा रवीन अधिकारीले ७८८ र नारायणकाजी मगरले ६४३ मत ल्याएर बिजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा ८१७ , उपाध्यक्षमा अशोक गुरुङले ७६० र मच्छिन्द्र अर्यालले ५७७ कोषाध्यक्षमा विक्रमजङ कुँवरले ६१९ र युवा संयोजकमा दिनेश भण्डारीले ७६२ मत ल्याई विजय भए । महासचिव बाहेक सबै पदमा रिजालको प्यानल बिजयी हासिल गरेको छ ।

लिस्वन सहित ५ स्थानमा रहेको मतदान केन्द्रमा जम्मा १४७५ मत खसेको थियो ।