८ बैशाख २०८१, शनिबार
Follow Us

दूतावाससँग एनआरएनए कुवेतको औपचारिक भेटघाट

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार २३:०४

कुवेत। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कुवेतको नव निर्वाचित कार्यसमितिले कुवेतस्थित नेपालि राजदूतावाससँग औपचारिक परिचयात्मक भेटघाट गरेको छ।

राजदूत दुर्गा प्रसाद भण्डारी दूतावास परिवार, एनसिसी अध्यक्ष सुजन केसि आईसीसी सदस्य अमित चाम्लिङ राई, एनसीसी संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्यहरूकाबीच नेपाली दूतावासको सभा एक आपसमा औपचारिक भेटघाट तथा परिचयात्मक कार्यक्रम गरिएको हाे।

कार्यक्रममा एनआरएनए कुवेतले दूतवासको सहकार्यमा गर्न लागेका कार्यहरूको बारेमा पनि जानकारी गराइएको थियो। जसमा, नेपाली दूतावास र नेपाली समुदायसँग समन्वय गरि पर्यटन वर्ष २०२० मनाउने, परराष्ट् तथा श्रम मन्त्रीलाई उपस्थित गराई मध्यपुर्व सम्मेलन कुवेतमा आयोजना गर्ने, नेपालका दुर्गम क्षेत्रमा रहेका कुनै विशेष क्षेत्र पहिचान गरि शिक्षामा एक र स्वास्थ्यमा एक प्रोजेक्ट सञ्चालन गर्ने, नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै कुनै पनि नेपालीलाइ समस्या पर्दा दूतावाससँग सहकार्य गर्दै समाधान खोजिने र कुवेतमा रहेका श्रमिकहरूका समस्याको बारेमा दूतावासको सभाकक्षमा नेपाली दूतावास, एनआरएनए र कुवेतका नेपाली संघ संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समस्याको पहिचान गरि समाधान गर्न पहल गर्ने जस्ता कार्य योजना रहेका छन्।

कार्यक्रममा राजदूत भन्डारीले दुतावासको तर्फबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। त्यस्तै जानुपर्ने एनआरएनए एनसीसी अध्यक्ष सुजन केसीले कुवेतमा हुनेगरेका घरेलु कामदारदेखि लागू औषध जस्ता थुप्रै विभिन्न श्रमिकहरूका समस्याहरूको बारेमा दूतावास समक्ष एनसीसी कुवेतले छलफल गरेको जानकारी गराए।

यसैक्रममा एनआरएनए कुवेतले राजदूत दुर्गाप्रसाद भण्डारीलाई सम्बोधन गर्दै नेपाली दूतावासलाई ७ बुँदे सुझाव पत्र पेश गरेका छ। जसमा कुवेतमा घरेलु कामदारका रुपमा रहेर श्रम गरिरहेका नेपाली कामदारहरू श्रम स्वीकृति नपाएर रोजगारी गुमाउने डरले वर्षौंदेखि परिवारसँग भेटघाट गर्न आफ्नो जन्मभूमि जान नसकिरहेको र त्यस्ता जो आफूलाई सुरक्षित महसुस गर्दै पुन रोजगारीमा फर्किन चाहन्छन् ती कामदारहरूलाई श्रम स्वीकृतिको पहल गर्नदेखि रोजगारीका लागि कुवेत आएका कामदारले तोकिएको मात्रामा तलब तथा सेवा सुविधा नपाएका र त्यसमा दूतावासले अहम् भूमिका निर्वाह गरि तोकिएकै अनुसार तलब तथा सेवा सुविधा रोजगारदाताबाट उपलब्ध गराउन ध्यानाकर्षण गराइएकाे छ। दूतावासलाई हस्तान्तरण गरिएको सुझाव पत्रमा कुवेतमा मृत्यु भएका जस्तोसुकै अवस्थामा रहेका भए पनि नेपाली नागारिक भएको अवस्थामा शव नेपाल पठाउन नेपाल सरकार सङ्ग बिषेश पहल गर्न राजदूतलाइ अनुरोध गरेको हो।

नेपाल–कुवेत श्रम सम्झौताको पहल गर्न देखि सिधा हवाइ उडान र नेपाल भ्रमण वर्ष २०२० का लागि कुवेतबाट विभिन्न देशका नागरिकहरु समेट्ने गरि कार्यक्रमको आयोजना गर्नको लागी दूतावासलाई माग गरिएको छ।