१३ बैशाख २०८१, बिहीबार
Follow Us

जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७६, मंगलवार ०२:४४

काठमाडौं–सरकारले ७० वर्षभन्दा माथिका जेण्ठ नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।
आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छु्ट दिने घोषणा गरेका हुन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले यस्तो घोषणा गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।