१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको राज्यसमितिमा बालकृष्णको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७६, मंगलवार २०:०१

लण्डन । लामो समयदेखि लण्डनमा बस्दै आएका बालकृष्ण दाहालले पनि आगामी १४ सेप्टेम्वरमा हुन गइरहेको गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमितिमा राज्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाण्डौं गोठाटारका दाहाल लामो समयदेखि सामाजिक कार्यमा संलग्न छन् ।

समाजसेवी समेत रहेका दाहालले आफनो उम्मेदवारीले थप जिम्मेवारी वोध गरेको बताए । एनआरएनए गैर राजनीति हुनुपर्ने उनको भनाई छ । समाजसेवी समेत रहेका दाहालले आफनो सदस्य उम्मेदवारीले थप जिम्मेवारी वोध गरेको बताए।

रिडिङ युकेको नेपाली समाजमा सन् २००१ देखी सन् २०१२ सम्म सदस्य भै काम गरेका र नेपाललाई आवस्यक पर्दा सहयोग गर्न सन् २००९ देखी हालसम्म पेन्नी फर नेपालका संस्थापक सदस्य रहेका दाहालसंग समाजसेवामा लगनशीलता रहेको छ।