१३ बैशाख २०८१, बिहीबार
Follow Us

मेयर–उपमेयरबीच बोलचालै बन्द !

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार ०२:५६

रौतहट–स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरिएको थियो, उनीहरु नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँनै कहाँ रह्यो र ? यस्तै अवस्था छ रौतहटको स्थानीय तहमा ।
यहाँका धेरैजसो तहमा प्रमुख उपप्रमुखबीच मनमुटाव छ ।
गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षबीको विवादले कामकारबाही सहज रुपमा अघि बढ्न सकेको छैन ।
आजको कान्तिपुर दैनिक लेख्छ–राजदेवी, कटहरिया, गुजारा, मौलापुर, गरुडा, फतुवा, विजयपुर, इशनाथ र देवाही गोनाही नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका प्रमुख–उपप्रमुखबीच मनमुटाव रहेको छ ।