१३ बैशाख २०८१, बिहीबार
Follow Us

क्याविनेट बैठकबारेको विवादमा बोल्यो प्रधानमन्त्रीको सचिवालय

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार १२:१९

भिडियो कन्फरेन्स मार्फत क्याविनेट बैठक बसेको विवादबारे प्रधानमन्त्री केपी ओलीको सचिवालय बोलेको छ ।

सिंगापुरवाट भिडियो कन्फरेन्स मार्फत क्याविनेट बैठक सञ्चालन गरेपछि गोपनियताको प्रश्न उठेपछि बैठकबारे विवाद भएको थियो ।

प्रतिपक्षी कांग्रेस लगायत राजनीतिक दलले त्यसरी सञ्चालन गरिने क्याविनेट वैठकले राष्टको सुरक्षा सम्वेदनशीलता देखि गोपनियता समेत लिक हुन सक्ने भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्रीको नीजि सचिवालयले मुख खोलेको हो ।

सचिवालयका तर्फवाट प्रधानमन्त्रीका आइटी विज्ञ अलि अस्गरले सामाजिक सन्जालमा यस वारेमा लेख्दै कुनै गोपनियता भंग नहुने बताएका छन् । त्भभिएचभकभलअभ मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरैले यसको सुरक्षाको जिज्ञासा राखेपनि उनले यसमा आफूहरुले सम्पर्क स्थापित गर्न ख्एल् ९ख्ष्चतगब िएचष्खबतभ ल्भतधयचप० प्रयोग गरेको जानकारी गराएका छन् ।

उनले आफुहरुले प्रयोग गरेको प्रविधि विस्वस्त रहेको र पूर्ण सुरक्षित रहेको जिकिर समेत गरेका छन ।