१२ बैशाख २०८१, बुधबार
Follow Us

निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार १२:२०

निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब हुने भएको छ । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब लाग्ने जानकारी दिएको हो ।
एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन अनुसार मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिएका हुन् ।
७२.५ किलोमिटरको दु्रतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ ।
यस्तै द्रुतमार्गको प्रस्थानबिन्दु खोकना नै रहेको सेनाले जनाएको छ । डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार–लेनडाँडा गरी दुई ठाउँमा रेखाङ्कन परिवर्तन गरेको श्रेष्ठले बताए ।