१५ बैशाख २०८१, शनिबार
Follow Us

पर्यटनमन्त्रीद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण, काम सकेर चाबी बुझाएको दिन कर्मचारीलाई रथयात्रा गराइने

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार १२:२१

पोखरा । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् ।

बुधबार बिहान पोखरा आएका उनले आयोजनाको भौतिक र वित्तीय प्रगति बुझेपछि फिल्ड निरीक्षण गरेका थिए ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार आयोजनाको ४५ प्रतिशत काम सकिसकेको छ ।

मन्त्री भट्टराईले समयमै काम सक्न समेत निर्देशन दिएका छन् । उनले सन् २०२० डिसेम्बरमा काम सकेर चाबी बुझाएको दिन कर्मचारीलाई रथ यात्रा गराउने बताए ।

मन्त्री बनिसकेपछि उनी पहिलो पटक पोखरा आएका हुन् ।