१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा कार दुर्घटना, ४ नेपालीको मृत्यु, दुई घाइते

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७३, सोमबार ०४:४२

न्यूयोर्क । अमेरिकाको जर्जिया राज्यको एक ग्रामिण क्षेत्रमा भएको कार दुर्घटना चार नेपालीको मृत्यु भएको छ । सामान ओसार्ने ट्रकसँग नेपालीले चलाएको कार ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ।
दुर्घटनामा गुल्मी घर भएका काठमाडौं अनामनगर बस्ने चिरन्जीबी खनाल, उनकी पत्नी श्यामा खनाल तथा बुहारीहरु रिचा खनाल र सम्रीका पन्तको घटनास्थलमा मृत्यु भएको हो । कारको अगाडि बसेका सुबास खनाल र समिर खनाल घाइते भएका छन् । उनीहरूको खतरा मुक्त रहेको बताइएको छ ।