१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पाकिस्तानले अफगानीस्तानको पूर्वी क्षेत्रमा बमगोला प्रहार !

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार १२:४२

अफगानिस्तानले आफ्नो भूभागमाथि पाकिस्तानले अतिक्रमण गरेको भन्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई पत्र लेखेको छ ।

संयुक्त राष्ट्र संघका लागि अफगानिस्तानकी राजदुत तथा स्थायी प्रतिनिधि एडेला राजले यस विषयमा परिषदलाई पत्र लेखेकी हुन् ।
एडेलाले यस सम्बन्धमा कदम चाल्नको लागि अफगानिस्तानलाई आग्रह गरेकी छिन् ।

पत्रमा पाकिस्तानले कसरी अफगानिस्तानको भूभागमाथि अतिक्रमण गरियो पनि उल्लेख गरिएको छ । पत्रमा पाकिस्तानले अफगानीस्तानको पूर्वी क्षेत्रमा बमगोला प्रहार गर्ने, अफगान भूगोलभित्र सैन्य पोष्ट तथा अवरोधको निर्माण गर्ने र अफगान हवाइ क्षेत्रको उलंघन गर्ने कार्य गरेको उल्लेख छ ।